काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका मन्त्रालयहरूमा आज बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै हुनुहुन्छ । गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लाग्नु भएको हो । स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लाग्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने हुनुभएको छ । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लाग्नु भएको हो । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको थियो । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

त्यस्तै नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साहकृषि मन्त्री, नारदमुनी राना वनमन्त्री, मोहन बाँनिया विना विभागीय, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री बन्नुहुने भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।