काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार मन्त्रिमण्डल विस्तार गर्दै हुनुहुन्छ । उहाँले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लाग्नु भएको हो ।