काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै देशभर हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार ३३६ रहेको छ ।

पछिल्लो २४ घन्टामा मुलुकभर स्वास्थ्य परिक्षण गर्दा ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ भने आज थप ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।