काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ ।महाशाखाले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाले बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमान गरेको छ । आज बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहन सक्ने महाशालाले जनाएको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।