काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५ सय ७० जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार थप १ सय ८ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना सङ्क्रमित थपिएका छन् । कूल १७ हजार ६ सय ७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल सङ्क्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९ सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
नयाँ सङ्क्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय सङ्क्रमितको संख्या ८२ हजार ७ सय ३६ पुगेको छ । हाल सक्रिय सङ्क्रमितमध्ये ७६ हजार ५ सय ५० जना होम आइसोलेसनमा, ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३ सय २१ जना आईसीयूमा र ३ सय ७२ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ६ हजार ५ सय ७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५ सय ३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ ।