काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले देउवा निवास बूढानीलकण्ठमा देशको समसामयिक राजनीति विषयमा छलफल गर्न जुट्नु भएको छ ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच आजै कोटेश्वरमा भेटघाट भएको थियो । दुवै कम्युनिस्ट नेताको भेटघाट र छलफल भए पश्चात् दुवै जना सभापति देउवा निवास बुढानिलकण्ठ जानुभएको हो । तीनै जना नेताहरुबीच के छलफल भयो भन्ने कुरा बाहिर आइसकेको छैन । उहाँहरुबीच लामो छलफल भएको बुढानिलकण्ठ स्रोतले बताएको छ ।