काठमाडौं– आज मुलुकभर पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै ९२ जनाको मृत्यु भएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टिजेन परीक्षणबाट १ हजार १ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मुक्त भएर ६ हजार ९ सय ५१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यसअघि हिजो आइतबार ६ हजार ६३६ तथा शनिबार ८ हजार २ सय ४३ जना सङ्क्रमण मुक्त भएका थिए ।
नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ७ हजार ९ सय ९० जनाको मृत्यु भैसकेको छ ।