काठमाडौ– प्रधानमन्त्री समेत रहेका एमाले पार्टी अध्यक्ष केपी ओलीले हिजो विज्ञप्तीद्वारा पार्टी एकताका लागि आह्वान गर्नुभएको प्रस्तावलाई नेपाल पक्षले अस्वीकार गरेको छ । खनाल–नेपाल पक्षको आज बसेको स्थायी कमिटीको बैठकले उक्त प्रस्तावलाई अस्विकार गरेको हो ।
बैठकमा सहभागी स्थायी कमिटी सदस्य बेदुराम भुषालले ओलीले फेरि पनि जालझेलपूर्ण कुरा गरेकाले उनको प्रस्ताव नमान्ने निर्णय आफूहरुले गरेको बताउनु भएको छ । नेता भूषालले ‘ हामीले ओलीले सार्वजनिकरुपमा अघि सारेको प्रस्तावबारे समीक्षा गयौं । समीक्षा पछि हामीले यो प्रस्ताव पार्टी एकताको पक्षमा नभएको र उहाँले जालझेलपूर्ण तरिकाले यो प्रस्ताव अघि सारेले आफूहरु त्यसमा नफस्ने निर्णय गरेका छौं । यो पक्षले आफ्नो निष्कर्ष केहीबेरमा लिखित रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । अध्यक्ष ओलीले हिजोे ६ बुँदे एकता प्रस्ताव विज्ञप्तीमार्फत् सार्वजनिक गर्नु भएको थियो ।