काठमाडौं– ‘प्रचण्डका कारण नेकपा एकता प्रयास सफल नभएको’ भन्ने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोर निन्दा र भ्रत्सना गर्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीको यो भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा ट्वीट गर्दै, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ। त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भ्रत्सना गर्दछु’ भनि लेख्नुभएको छ ।

हिजो आइतबार राति एमाले एकताका लागि आह्वान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्नुभएको विज्ञप्तीमा ‘प्रचण्डका कारण नेकपा एकता सफल नभएको उल्लेख गर्नुभएको थियो । प्रधानमन्त्री ओली विगत देखिनै माओवादी केन्द्रका अध्यक्षप्रति कटाक्ष गर्दै आउनु भएको थियो ।