काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धका सर्वोच्च अदालतमा परेको रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । अदालतले संवैधानिक इजलासको पेशी आज सोमबारको लागि तोकेको छैन ।
संवैधानिक इजलासको विषय नै विवादित बन्दै आएको थियो । आज रिट निवेदनमाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा विरामी भएको कारण स्थागित हुन पुगेको बताइएको छ । संवैधानिक इजलास गठनको विषयलाई लिएर न्यायाधीशहरुमाथि महान्यायाधिवक्ता र कानुन व्यवसायीहरुले प्रश्न उडाउँदै आएका छन् ।