काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । अहिले केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।पश्चिमी र पूर्वी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम सामान्य रुपमा प्रभावित हुने भएको हो ।

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकीका केही स्थानहरुको साथै देशका पहाडी भूभागको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान शाखाले जनाएको छ । राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ ।