काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएको बताउनु भएको छ । ओलीले आइतबार पार्टी एकताको लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान आफु तयार भएको विज्ञप्तीमार्फत् सार्वजनिक गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले आफुले कारवाही गरेर पार्टी साधारण सदस्यबाट समेत निकाल्नु भएका वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहलाई लक्षित गर्दै आफु पार्टी विभाजन नहोस् भनेर २०७५ जेठ २ गतेको अवस्थामा फर्किन चाहेको बताउनु भएको छ । ओलीले उक्त समूहलाई थर्काउने र गलाउने अस्त्रको रुपमा यो विज्ञप्ती आएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । खनाल–नेपाल समूहले एमाले त्याग्न नसकेको देखेर नै अध्यक्ष ओलीले बेला बेलामा यस्ता विज्ञप्तीहरु सार्वजनिक गर्दै आउनु भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलेले पार्टी एकताको लागि संसद विघटन विरुद्धको मुद्दामा गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राख्दै उक्त विज्ञप्तीमा ‘आफ्ना पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीको पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वाेच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ । यसबीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन’ भनी उल्लेख गर्नु भएको छ ।

एमाले अध्यक्ष ओलीले एमालेलाई पूर्ववत अवस्थामा फर्काउने भन्दै उक्त विज्ञप्ति भनिएको ‘नेकपा एमालेलाई २०७५ जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु गतिशील हुनेछन्’ उक्त विज्ञप्ति उल्लेख गरिएको छ ।

पार्टी कमिटी र पार्टीका जनवर्गीय संगठनहरु पनि २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुने अध्यक्ष ओलीको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता खनाल–नेपाल पक्षलाई यस्ता किसिमका अस्त्र प्रयोग गर्दै पार्टी एकताका नामबाट अल्मल्याउँदै राख्ने रणनीतिक योजना हो भन्ने प्रष्ट देखिन्छ । प्रधानमन्त्री समेत रहनुभएका ओलीले साँचिकै पार्टी विभाजन हुनबाट रोक्न चाहनु भएकै थियो भने दोस्रो पटक जेठ ८ गते प्रतिनिधिसभा विघटन नगरी २०७५ जेठ २ गतेकै अवस्थामा लग्ने हिम्मत गर्नु पर्ने थियो । खनाल–नेपाल पक्षको नाडी छामेर बस्नु भएका अध्यक्ष ओलीले उक्त समूहले केही गर्न नसक्ने बुझेर बेलाबेला पार्टी एकताको लागि आफु सधैं तत्पर रहेको सार्वजनिक अभिव्यक्त दिंदै आउनु भएको छ । प्रधानमन्त्री ओली र वरिष्ठ नेताद्वय खनाल–नेपालबीच पूर्ववत अवस्थामा फर्किन त्यति सहज भने देखिंदैन । यदि खनाल–नेपाल समूह २०७५ जेठ २ कै अवस्थामा फर्किएता पनि अब ओलीले त्यहिभित्रैबाट बचेको खास पनि सिध्याइ दिने पक्का छ ।