काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी विरुद्धको रिटमाथि सुनुवाइको लागि आज संवैधानिक इजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रमको चौंथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि संवैधानिक इजलासमा परेका छैनन् । परिवारमा कोरोना सङ्क्रमित रहेकाले आइसोलेसनमा बस्नु परेका कारण श्रेष्ठ इजालसमा नपरेको सर्वोच्चले बताएको छ ।

यसअघि प्रधानन्यायाधीश जबरा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था राख्न सहमत हुनुभएको थियो । यसै विषयलाई लिएर जेठ १८ गते प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच छलफल भएको थियो । त्यस क्रममा संवैधानिक इजलास सम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न सहमति जुटेको थियो ।