शीर्ष बरियताका नोभाक जोकोविच र तेस्रो बरियताका राफायल नाडाल र रोजर फेडेररले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।

जोकोविचले लिथुवानियाका रिकार्डस बेरान्किसलाई पराजित गरेका हुन् भने स्पेनी खेलाडी नाडालले नाडालले बेलायती खेलाडी क्यामेरोन नोरिएलाई पराजित गरेर चौंथो चरणमा स्थान पक्का गरेका हुन् । रोजर फेडेररले जर्मनीका डोमिनिक कोएफरलाई पराजित गरेर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका हुन् । २० पटकका ग्राण्डसलाम विजेता स्वीस खेलाडी फेडेररलाई जित निकाल्न तीन घण्टा ३५ मिनेट लाग्यो । फेडेररले अब चौथो चरणमा नवौं बरियताका इटालियन खेलाडी मातेओ बेरित्तिनीसँग प्रतिस्पर्धा गर्ने छन् ।