बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति सशस्त्र बन्दुकधारीले गरेको भिषण आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी सोल्हान गाउँका १ सय ३२ जनाभन्दा धेरैको ज्यान गएको छ । उक्त गाउँमा बन्दुकधारीहरुले रातिको समयमा आक्रमण भएकोे स्थानीय बासिन्दाहरुका घरका साथै बजारमा समेत आगजनी भएको छ । बुर्किना फासोको इतिहासमा केही वर्षपछि भएको यो नै ठूलो आक्रमण हो । विशेष गरी सीमा क्षेत्रहरुमा पटक पटक यस किसिमको क्रुरतापूर्ण आक्रमण हुँदै आएका छन् ।

सो आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर केही वर्षदेखि बुर्किना फासोमा इस्लामिक समूहले आक्रमण गर्दै आएको हुँदा सोल्हान गाउँमा पनि उनीहरुले नै आक्रमण गरेको हुन सक्ने जनाइएको छ । उक्त घटनालाई लिएर बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । यो क्रुर र दानबीय शक्ति विरुद्ध सबै एक हुनुपर्ने राष्ट्रपति काबोरीले बताउनु भएको छ ।

गत महिनामा बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा परी ३० जनाले ज्यान गुमाएका थिए । शुक्रबार पनि रातिको समयमा सोल्हान गाउँबाट करिब १ सय ५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा पनि यस्तै अर्को आक्रमण भएको थियो । जसमा १४ जनाको ज्यान गएका थिए ।
बुर्किना फासोमा यतिखेर सुरक्षामा गम्भीर समस्या देखिएको छ । गत मे महिनामा बुर्किना आर्मीले विद्रोही विरुद्ध कारबाही गरेता पनि त्यसलाई नियन्त्रण गर्न सकेको छ्रैन । बुर्किनमा हिंसा रोकिने भन्दा बढ्नो छ ।
यसैबीच बुर्किन फासोको घटनालाई लिएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले आफूलाई आक्रोशित बनाएको भन्दै उक्त घटनाको निन्दा गर्नुभएको छ ।