काठमाडौं– नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध खटिएका नेपाली सेनालाई लक्षित गर्दै अष्ट्रेलिया सरकारले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।
कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजले आज नेपाल ल्याएको हो ।