काठमाडौं – राष्ट्रियसभा सदस्य एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाइरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन भएको बताउनु भएको छ । आज शनिबार सामाजिक सञ्जालमार्फत् उपाध्यक्ष गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनैपनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने भन्नुभएको छ ।

एमाले उपाध्यक्ष गौतमले ’राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनैपनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ,’ भनेर सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफु आश्चार्य चकित भएको भन्नुभएको छ । शुक्रवार जनता समाजवादीका नेता राजेन्द्र महतोले एक अनलाईन मिडियासँगको अन्तर्वार्ताका क्रममा अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गरिरहेको बताउनु भएको थिए ।

नेपालको संविधान २०७२ नमान्ने नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतो मन्त्री पदको शपथ लिंदा भने त्यही संविधानलाई स्वीकारलाई साथी राखेर पटक पटक शपथ लिंदै आउनु भएको छ । बेला बखत देशको अस्मितामाथि विवादास्पद अभिव्यक्ति दिंदै आएका उपप्रधानमन्त्री महतोप्रति आम नेपालीको धारणा सकारात्मक देखिंदैन ।