काठमाडौं– पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ । नेता पन्तलाई पेट दुखेपछि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको हो । गत मङ्सिरमा पित्तथैली पत्थरी भएको कारण शल्यक्रिया गर्नुभएका पन्तलाई पेट दुखेपछि अस्पताल भर्ना गरिएको परिवारका एक सदस्यले बताएका छन् ।

पार्टीमा प्रभावशाली नेताको पहिचान बनाएका नेता पन्त वरिष्ठ नेता माधवकुमार नेपालका विश्वास पात्र हुनुहुन्छ । बिरामी भएका कारण नेता पन्त खनाल–नेपाल समूहले आह्वान गरेको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकमा समेत सहभागी हुन सक्नुभएको छैन ।

जेठ २ गते एमाले एकताका लागि गठित कार्यदलमा खनाल–नेपाल पक्षबाट सदस्य हुनुहुन्थ्यो । उक्त कार्यलदमा ओली समूहबाट सुवासचन्द्र नेम्वाङसहित पाँच जना र खनाल–नेपाल समूहबाट डा. भीम रावल, रधुजी पन्त सहित पाँच जना गरी कुल दश सदस्यीय एमाले विवाद समाधान कार्यदल गठन भएको थियो । तीन दिनको समयसीमा तोकेर पार्टी विभाजन हुनबाट रोक्ने अचुक सुझाव दिन गठित कार्यदल विवादको औपचारिक विषयमा प्रवेश नगरी थन्किर बसेको छ ।