काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको छ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई आठवटा मन्त्रालय दिएर सरकार लग्नु भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम आजै साँझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राखिएको छ ।
सत्ता र देशको राजनीतिकलाई आफ्नो नियन्त्रणमा राख्न प्रधानमन्त्री ओली आफ्नो पार्टी एकतालाई भङ्ग गरेर सरकारमा टिकिरहन जसपा महन्थ ठाकुर पक्षको बैशाखी टेक्नु भएको छ ।
यस अघि नै जसपा ठाकुर पक्षले सरकारमा जाने निर्णय गरिकेको थियो । ओली नेतृत्वको सरकारमा जसपा ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि भएको हो । राजेन्द्र महतोले उपप्रधान तथा शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् भने शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । अनिल झाले खानेपानी मन्त्रालयको जिम्मेवारी लिंदा लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिएका छन् । विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशङ्कर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय सम्माल्ने जिम्मेवारी दिइएकोे छ । त्यसैगरी चन्दा चौधरीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिएको छ । जसपाको तर्फबाट राज्यमन्त्री हुने भाग्यशालीमा चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री छन् ।
एकहप्ता अघि प्रधानमन्त्री केपी शर्मा ओली र जसपा ठाकुर पक्षका नेताहरुबीच छलफल हुँदा जसपालाई ८ वटा मन्त्रालय दिने सहमति भएको थियो । सोही अनुसार आज प्रधानमन्त्री ओलीले जसपालाई आफ्नो नेतृत्वको सरकारमा सामेल गराउनु भएको होे ।