काठमाडौं – आज देशभर पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ सय १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २९ गरी कुल ६ हजार ६ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङख्या ९७ हजार ६९९ रहेको छ ।

यसैगरी आज ८ हजार ६ सय ६३ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भै डिस्चार्च भएका छन् । निको हुनेको कुल सङ्ख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।