सांकेतिक तस्बिर ।
किमाथाङ्का – प्रदेश नं. १ को सङ्खुवासभाको मादी नगरपालिका वडा नं. ५ मा पर्ने च्याङरिङमा आगलागी हुँदा किरिया बसेका एक दम्पतीको मृत्यु भएको छ ।

बिहीबार राति आगलागीमा परेर बाबुको किरिया गर्न बसेका छोरा ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र बुहारी ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिएका छन् । सात दिनअघि ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको निधन भएको थियो ।

वडाध्यक्ष नेत्रप्रसाद दाहालका अनुसार बाबुको काजकिरिया गरेर बसेका दाहाल दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो । आगोले पोलेर सख्त घाइते भएका दाहाल दम्पतीमध्ये कमलाको घटनास्थल र राजेन्द्रको उपचारका लागि ओखरबोटे बजारमा लैजाँदै गर्दा बार्टैमा मृत्युभएको हो ।