काठमाडौं – सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो ।
संवैधानिक इजलास प्रधानन्यायाधीश सहित पाँच जना सदस्य रहने कानुनी व्यवस्था छ । प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा सम्मितिल इजलास गठन गरिएको छ ।