काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकभर ७५ जनाकोे मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ । आज देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना भाइरस सङ्क्रमित हुनेहरु मध्ये आज ५ हजार ९ सय ४ जना सङ्क्रमणमुक्त भै डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यसअघि हिजो बुधबार ७ हजार २ सय १९ कोरोना भाइरस सङक्रमणबाट निको भएर डिस्चार्ज भएका थिए ।