काठमाडौं – पार्टी विभाजन औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बेला एमालेबाट निष्कासित पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबिच आज भेटवार्ता भएको छ । दुवै नेताबीच आज बिहान नेता नेपालको निवास कोटेश्वरमा करिब एक घण्टा देशको समसामयिक विषय र भावी रणनीतिका बारेमा छलफल भएको स्रोतको भनाइ छ ।