काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४ हजार ५ सय २४ जना र एन्टिजेन विधिबाट ७ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौं जिल्लामा  ९ सय ६९, भक्तपुरमा १ सय ८१ र ललितपुरमा ३ सय ६ जना गरी उपत्यकामा कूल १ हजार ४ सय ५६ जना सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७ हजार २ सय १९ जना सङ्क्रमणमुक्त भएका छन् ।