काठमाडौं –सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार चार बजेलाई बोलाइएको बैठक भोलि विहीबार जेठ २० गते बस्नेगरी स्थगित भएको छ । यसअघि पनि गत आइतबारका लागि बोलाइएको बैठक सोमबार हुदै मङ्गलबार मात्रै बसेको थियो । बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्यि सभा उपनिर्वाचनलगायतका विषयमा छलफल हुने तयारी थियो ।