काठमाडौं – उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञामा निर्माणको काम सुचारु गर्न दिने निर्णय गरेको छ । निजी तथा सार्वजनिक निर्माणको काम चल्न दिने, भित्रै कामदार राखेर जनस्वास्थ्यका मापदण्ड अपनाएर काम गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्माण सामग्री बोक्ने गाडी रातिको समयमा चल्न पाउने समेत प्रजिअ भट्टराईले बताउनुभयो । यस अघि थप भएको निषेधाज्ञामा निर्माणको काम पनि बन्द गर्ने निर्णय भएको थियो ।