काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सङ्क्रमित हुनेको सङ्ख्यासँगै मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी देखिएको छ । कोरोना भाइसरकै कारण १७ गते सोमबार १ सय १४ जनाको मृत्यु भएकोमा हिजो मङ्गलबार ६८ जना सङ्क्रमितहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको थियो । मृत्यु हुनेको हिजोको यो सङ्ख्या एक महिनायताकै सबभन्दा कम हो । योसहित नेपालमा हिजोसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या भने ७ हजार ४ सय ५४ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको मध्ये ४ लाख ५४ हजार ३ सय ४४ जनाले सङ्क्रमणलाई जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार अहिले १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट निकै हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ ।
दक्षिण छिमेकी देश भारतमा पनि गत दुई हप्तादेखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा उल्लेख कमिआएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।