काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले चेरेको गिट्टी बालुवा बेचेर व्यापार घाटा हल नहुने बताउनु भएको छ । उहाँले बजेटको स्तर दयनीय भएको उल्लेख गर्दै अर्थतन्त्रको गुणात्मक रूपान्तरणका लागि संरचनात्मक परिवर्तनको एजेन्डा खोई ? भन्दै प्रश्न गर्नु भएको छ । 
डा.भट्टराईले ट्विटमा लेख्नु भएको छ, ’हाम्रो बजेट विमर्शको स्तर कति दयनीयः अल्पविकास÷बेरोजगारी÷परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरण निम्ति संरचनात्मक परिवर्तनको एजेण्डा खोइ ?’’अलिकति तलबभत्ता÷सामाजिक सुरक्षाभत्ता बढाइदिए सबैको वाहवाही ?,’ उहाँले प्रश्न गर्नु भएको छ, ’चुरेका गिट्टीबालुवा बेचेर व्यापार घाटा हल हुन्छ ? बेरोजगारी हट्छ ?’