काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशका बारेमा उठेको विषयलाई लिएर आज प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र बार एसोसिएसनका प्रतिनिधिहरुबीचसँग भेटघाट र छलफल भएको छ । संवैधानिक इजलास पुनर्गठनका गर्ने विषयमा सुझाव दिनका लागि सर्वोच्च बारका प्रतिनिधिले प्रधानन्यायाधीश जबरासँग समयलिएर भेट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक पनि प्रतिनिधिसभा विघटनगरेपछि सोसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहितको पाँच जनाको संवैधानिक इजलास तोक्नुभएको थियो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ । आइतबार भएको रिट निवेदनको सुनुवाइका विषयमा खास प्रवेश नगरी संवैधानिक इजलासका न्यायाधीशद्वय केसी र श्रेष्ठबीच कानुन व्यवसायीहरुले प्रश्न उठाए पछि हिजो प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ र बहस स्थगित हुन पुगेको थियो । तर आज पनि न्यायाधीशद्वय केसी र श्रेष्ठ सम्मिलित सोही इजलासले नै निरन्तरता पाएको छ ।

शेरबहादुुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने १४६ जना सांसद वकिलहरुले नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको निस्सा नदिने तेजबहादुर केसीबाट निष्पक्ष सुनुवाइ हुन नसक्ने दाबी गर्दै कानुन व्यवसायीहरुले इजलास छाड्न दबाब दिएका छन् ।