काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज देशको मौसममा सामान्य बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने महाशाखाले जनाएको होे ।

अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भै केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरीसहित हल्का पानी पर्ने र देशका अन्य भू–भागहरुका स्थानहरुमा सामान्यत मौसम सफा रहनेछ ।