काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मङ्गलबार २ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७ सय ४८ जनाको परीक्षण भएको थियो । आज ११ हजार ५ सय ६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा ३ हजार ५ सय ९७ जना निको भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ६ लाख ३८ हजार ८ सय ५ पीसीआर विधिबाट र ३४ हजार ९ सय ४४ एन्टिजेन विधिबाट गरिएको परिक्षणमा पुष्टि भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय बढीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि सङ्क्रमित बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस्तै निको हुनेको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ भने मृतकको संख्या ९ हजार १ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।