तनहुँ – मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँका अनुसार दिए लेदो माटोका कारण १२ चक्के एउटा ठूलो गाडी समेत फसेको र त्यसले गर्दा राजमार्ग अवरुद्ध भएको ।

‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो’, प्रहरी नायब निरीक्षक बानियाँले भने, ‘त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।’ त्यहाँको लेदो र फसेको सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग सम्पर्क हुन नसक्दा स्थानीय व्यक्तिको जेसीभी ल्याएर सडक खोल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।