काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७ सय ४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २ सय ५९ र एन्टिजेन विधिबाट ४ हजार ४ सय ८९ जनाको परीक्षण भएको थियो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ६ लाख ३६ हजार ९ सय १६(पीसीआर) र ३३ हजार ९ सय ४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ । देशभर हालसम्म मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।