फाइल तस्बिर
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एमाले (ओली) को स्थायी कमिटीको बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । अनौपचारिक रुपमा विभाजन भैसकेको एमालेको अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा स्थायी कमिटी बैठक बस्न लागेको हो ।


आज बस्न लागेको बैठक भोलिका लागि बोलाइको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको विषयमा छलफल गर्नुका साथै पार्टीको विद्रोही समूहको बारेमा पनि छलफल हुने बालुवाटार स्रोतले बताएको छ । दशौं महाधिवेशन आयोजक कमिटीको वैधानिकताप्रति सर्वोच्च अदालतले समेत प्रश्न उठाएको छ । आज साँझ ५ बजे बस्ने बैठकले दशौं महाधिवेशन आयोजक कमिटी भङ्ग गर्न सक्ने सम्भावना पनि रहेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा गत फागुन २८ गते बसेको स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । सो बैठकबाट पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा पुर्याउने र एमाले –(ओली) ले पार्टीको साधारण सदस्यसमेत नहरने गरी कारवाही गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भइरहेको एकता प्रयासको बारेमा पनि समीक्षा हुने बताइएको छ । एमालेद्वय ओली र नेपाल समूहका दोस्रो तहका नेताहरुले पार्टी एकतामा जोड दिँदै छलफल र वार्तामा बस्दै आएको भनेता पनि अहिलेसम्म कुनै ठोस निश्कर्ष निष्कन सकेको छैन । उल्टै पार्टी अध्यक्ष ओलीले नेपालसमुहलाई सत्तोसराप गर्दै एकताको वातावरण नै धमित्याउने काम गर्दैै आएका छन् ।


प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले कुनै मर्यादाको ख्याल नगरी तुच्छ र निचताको परिचय दिदै मनपरि बोल्दै आउनु भएको छ । पार्टीलाई मिलाएर लैजाने भन्दा पनि जसरी हुन्छ बाहिर एकताको नाटक मञ्चन गर्ने र भित्र आफु इतिरका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक रुपमा खुल्याउने काम गर्दै आउनु भएको छ । प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरु हेर्दा र सुन्दा उहाँमा दम्भ र अहङ्कारको कुनै सीमा देखिंदैन । प्रधानमन्त्रीमा कुनै राजनीतिक चरित्र देखिंदैन । यस्तो अवस्थामा अब एमाले भित्रको विवाद् सुल्झन्छ भन्ने कुनै भ्रम छ भने त्यो स्वयम एमाले नेता र कार्यकर्ताका लागि प्रत्युत्पादक हुने देखिन्छ ।