काठमाडौं – यातायात व्यवसायी र मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकाङ्की भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।