काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले आज सोमबारदेखि सेवाबाट अवकाश लिने हुनुभएपछि अस्पतालका निर्देशकका रुपमा डा.अनुप बास्तोला नियुक्त हुनुभएको छ ।

मन्त्रिस्तरीय निर्णयअनुसार आज सोमबार डा.बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालकमा निर्देशक नियुक्त गरिएको हो । ११ औं तहका डा. बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्टेन्टका रुपमा कार्यरत रहनुभएको थियो ।