काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ र एन्टिजेन विधिबाट ९ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौंमा ३ सय ५५, ललितपुरमा १ सय १२ तथा भक्तपुरमा ४७ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जना र एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ८ सय ५३ जना निको भएर घर फर्किएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ५ लाख ८८ हजार १ सय ८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ९ सय ५० जना पुगेको छ । होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २ हजार ८ सय ७५, आईसीयूमा ६ सय ५७ तथा भेन्टिलेटरमा १ सय ९३ जना रहेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।