काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १ हजार ९ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४ सय २४ जनामा सङ्क्रमण रहेका छन् । जसमध्ये काठमाडौं जिल्लामा २ सय ९२, ललितपुरमा १ सय र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ३ हजार ७ जना रहेको छ । कोरोना सङ्क्रमणका कारण आज ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस सङ्क्रमण भएकामा ५ लाख ८४ हजार ३ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन् भने ९ हजार ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्का छ ।