काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो । निवेदकका तर्फबाट कानुन व्यवसायीहरुले सरकार पक्षको बहसपछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् ।

आज आइतबार निवेदकका तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका छन् । आइतबार वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनाल लगायत १६ जनाले बहस गरेका छन् । अब भोली सोमबारबाट प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्ने भएका छन् ।