काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठन गर्नुभएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका असन्तुष्ठ पक्षका नेताद्वय खनाल–नेपाल समूह नजाने जनाएको छ । एमाले ओली समूहको आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी कमिटीको बैठकले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।


वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहले पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढङ्गले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको बताएको छ ।

एमाले विवाद समाधानका लागि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने विषयमा पार्टीका दोस्रो तहका नेताहरुबीच अनौपचारिक छलफल भइरहेका बेला अध्यक्ष ओलीले आज बिहान आफु पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बैठक बोलाइएको छ ।


आयोजक कमिटीको वैधानिकता माथि प्रश्न उठिरहेका बेला असार १६ गते सोही कमिटीको बैठक बोलाउनु भनेको अध्यक्ष केपी शर्मा ओली एमाले एकता चाहानुहुन्न भन्ने थप प्रस्ट भएको भन्दै आफुहरु त्यो बैठकमा सहभागी नुहेन असन्तुष्ट पक्षकी नेता अष्टलक्ष्मी शाक्यले बताउने भएको छ । उहाँले भन्नुभयो ‘हामी त्यो बैठकमा जाने त कुरै हुदैन ।’

‘ओली अझैपनि एकलौटी र मनपरी गर्दैछन्, हामी त्यो बैठकमा जाँदैनौ’ भन्दै नेता शाक्यले ‘हामीले जेठ २ गतेको अवस्थामा पार्टी बैठक बोलाउनुपर्छ भनेर भनिरहेका छौं । यदि त्यो हिसाबको बैठक बोलाइयो भने त्यसमा सोच्न सकिन्छ । होइन ओलीजी यसैगरी हिँड्न खोज्ने हो भने त कसरी हुन्छ र ?’ भन्नु भएको छ । नेता शाक्यले आयोजक कमिटीलाई सर्वोच्चले नै मान्यता नदिएको अवस्थामा त्यस्तो कमिटीको बैठक बोलाउनुको औचित्य समेत नरहेको बताउनु भएको छ ।

‘उहाँले पाटी एकता चाहेको भए, ल बसौं भनेर कुरा गर्नुपर्ने थियो ? यो त अर्को षडयन्त्र हो । यसले त ओलीजी अझैपनि अल्मल्याउने, पार्टी फुटाउने र जाली कुरामै मस्त भएको देखियो । ‘म जेठ २ मा फर्कन चाहन्छु भनेर डाइलग गरेको खोइ ? नेता शाक्यले प्रतिप्रश्न गर्नुभएको छ । ‘सर्वोच्चले नै अवैध भनिसकेको छ । सर्वोच्चको अन्तरिम आदेश नमान्नु भनेको देशको कानुन नै मान्दिन भन्नु होे भन्दै प्रधानमन्त्रीको कुर्सीमा बसेर जथाभावी नगर्न नेता शाक्यले पार्टी अध्यक्ष समेत रहेका ओलीलाई चेतावनी दिनु भएको छ ।