काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज आइतबार पनि संवैधानिक इजलासमा बहस जारी रहेको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ । आज आइतबार काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिने छ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको तर्फबाट बहस हुँदैछ ।