काठमाडौं – आज सत्ता पक्षीय नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान नौं बजे ओली पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

स्थायी कमिटीको बैठक बस्नलागिको जानकारी पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले दिएका हुन् । एमाले प्रवक्ता समेत रहेका स्थायी कमिटीका सदस्य प्रदीप ज्ञवालीले आन्तरिक छलफलका लागि बैठक डाकिएको तर आजको बैठकको एजेण्डा केहो भन्ने बारेमा बताउन चाहेनन् ।

हिजो शनिबार पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग यथास्थितिमा सहकार्य गर्न नसकिने भन्दै विपक्षी गठबन्धनसँगको सहकार्य नतोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । वरिष्ठ नेता नेपालको उक्त अभिव्यक्ति पछि सत्तापक्षीय एमाले स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

लामो समयदेखि एमालेको विवाद उत्कर्षमा पुगेको छ । पार्टी एकता हुन पनि नसक्ने र फुटको घोषणा पनि गर्न नसक्ने अवस्थाबाट गुज्रिंदै आएको छ । दुवै पक्षले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको अन्तिम टुङ्गोलाई कुरेर बसेको देखिन्छ । एमाले असन्तुष्ट पक्षका नेता माधककुमार नेपाललाई प्रधानमन्त्री दिएर भएपनि पार्टी एकता जोगाउन पर्छ भन्ने खालको आजाव पनि सत्तापक्षीय एमालेमा छलफल हुन थालेको बुझिन्छ । तर वरिष्ठ नेताद्वय खनाल–नेपाल समूह भने केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत दुवै पदबाट राजिनामा दिएको खण्डमा पार्टी एकता हुन सक्ने आधारणा पनि आउन थालेको छ ।