काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय २१ र एन्टिजेन विधिबाट ७ सय ५५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका ३ सय ८, ललितपुरका ७६ र भक्तपुरका ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाकै अवधिमा थप ५ हजार ४ सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८ हजार ९ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४५ हजार ७ सय ९४ रहेको छ ।