काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै आज शुक्रबार प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताउनु भएको हो । उहाँले भन्नुभयो–‘ऋणको पासोमा हामी पर्दैनौं ।’