काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनले काङ्ग्रेस नेतृत्वलाई सक्रिय बनाएको छ । विशेष गरी पार्टीको अबको नेतृत्वका विषयमा पार्टीमा तरङ्ग पैदा भएको छ । यसैबीच आज वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनु भएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवाले अर्को कार्यकालका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि वरिष्ठ नेता पौडेलले पनि आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर आगामी चुनावी रणनीतिका बारेमा छलफल गर्न लाग्नु भएको हो । उक्त समूहको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।