काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २ सय ३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ७७ र एन्टिजेन विधिबाट ८ सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४ सय ३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय १८ जना निको भएर घर फर्केका छन् । नेपालमा ७ लाख ७० हजार ९ सय ५८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४९ हजार ५ सय ५५ पुगेको छ । हाल ४६ हजार ५ सय २ जना होम आइसोलेसनमा, ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा, ७ सय ३६ जना आईसीयूमा र २ सय ७ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौं उपत्यकामा आज बिहीबार थप ३ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ सय ३४, ललितपुरका ६८ तथा भक्तपुरका ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९ सय १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।