काठमाडौं– ओली सरकारले संवैधानिक पदहरुमा गरेका विभिन्न सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति दिनुभएको छ । लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव झापाका माधवप्रसाद रेग्मी तथा सदस्यहरुमा कपिलवस्तुका माधव बेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीकी मन्जु कुमारीलाई नियुक्त गरिएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यहरुमा बाग्लुङका हरि पौडेल र ललितपुरकी सुमित्रा श्रेष्ठ नियुक्त हुनुभएको छ । निर्वाचन आयोगको आयुक्तमा रुपन्देहीका सगुन शमशेर जबरालाई नियुक्त गरिएको छ । महिला आयोगको सदस्यमा धनुषाकी जया घिमिरे र पर्वतकी सावित्राकुमारी शर्मालाई नियुक्ति दिइएको छ ।

राष्ट्रिय समावेशी आयोगका सदस्यहरुमा कास्कीका रामकृष्ण तिमल्सेना, पर्वतका पुष्पराज तिमल्सिना र बझाङका मानप्रसाद खत्री तथा आदिवासी जनजाती आयोगमा खोटाङका सुर्यबहादुर गुरुङ नियुक्त गरिएको छ । थारु आयोगमा नवलपरासीका उमाशंकरप्रसाद चौधरी र मोरङकी शान्ति मोदी तथा मुस्लिम आयोगमा सर्लाहीका मोहम्मद समसुल हकलाई नियुक्ती दिइएको छ ।