काठमाडौं – त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।
उहाँले स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको बताउनुभएको छ । बल्खुका नियन्त्रक पुष्पराज जोशीका अनुसार,–स्नातक प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको छ ।