काठमाडौं – संसद विघटनविरुद्ध संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ताहरुले राष्ट्रपतिले संविधानविपरीत अधिकारको प्रयोग गरेको जिकिर गर्नुभएको छ । आज बुधबार संसद विघटनको पक्षमा अम्बबहादुर खाती, महादेव यादव, गोविन्द बन्दी, शम्भु थापा र बद्रीबहादुर कार्की गरी पाँच जना अधिवक्ताहरुले बहस गर्नुभएको हो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभाका बहुमत सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि राष्ट्रपतिले रोक्न नमिल्ने बताउनु भयो । संसद विघटनको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता थापाले राष्ट्रपतिले १४९ सांसदको हस्ताक्षर सहित दाबी प्रस्तुत गरिसकेकपछि अस्वीकार गरेर सांसदहरुको अधिकार हनन गर्न नमिल्ने जिकिर गर्नुभयो ।

अधिवक्ताहरुको संवैधानिक इजलासले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा १४६ जना सांसदहरुको हस्ताक्षरसहित प्रस्तुत गरेको दाबी स्वाभाविक रहेको उल्लेख गर्दै संसद् पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री घोषणा गरिनुपर्ने माग गर्दै राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा अस्वीकार गरेको कदम सच्याउनुपर्ने धारणा राखेको छ ।